उनको माया : लघुकथा

धनराज गिरी
२०७९ भाद्र २५, शनिबार मा प्रकाशित २८४ पटक पढिएको
उनको माया : लघुकथा

कल्याणी खुशी, प्रोफेसर शहीदशरण पाठकोपाध्याय आनन्दकी जीवनसङ्गिनी, यतिखेर बिहानीको भ्रमणमा, पतिसित। ” त्यो मनको कुरा खुलस्त भन्नुहोस् न आर्यपुत्र, किन लुकाएको मलाई? हजुरको अनुहारमा उदासी छायो भने म आत्तिन्छु। हजुरलाई खुशी देख्दा नै म खुशी हुन्छु।” आनन्द मौन, उही जीवनको अनेक उहापोहको बारेमा सोच्दै। गजलका शेरहरू, कथाको प्लट, अनेक तर्कना। साहित्यका पुरस्कारहरू, आफ्नो पदीय दायित्व, स्कूल, क्याम्पस,बढी, उता क्यानडाका दुई मुटुहरूको परिवार, अनि देश पनि। सर्जक न हो। बोल्यो, ” प्यारी ,चिन्ता नगर, मेरो काम सिर्जना गर्ने हो, मैले मज्जासित गीत गाएमा कुरा बुझ्नू,म आनन्दमा छु। हो, केही कुराहरू बिर्सेर पनि बिर्सिन मुस्किल।यही हो जिन्दगी ।” ” बूढा, हजुरले जसलाई धेरै विश्वास गर्नुभयो उसैबाट धोका खानुभयो।सबैको हित चाहनुहुन्छ, तर हजुरलाई असजिलो परेको बेलामा कसले साथ दियो त?” अझ गम्भीर बनिन् खुशी! ” होइन, होइन,जत्ति भने पनि साथ पाएको छु। देखिने साथ मात्र साथ होइन मेरी प्यारी! हेर,ईश्वर भनेको निराकार कुरा हो,साथीहरू ईश्वर नै हुन् । उनीहरूको मनमा ” आनन्द सर बेइमान होइन भन्ने पक्का छ, रह्यो कुरा धोका,धोकाको आमा नै विश्वास हो, भरोसा भएपछि धोका,घात हुने सम्भावना बढ्छ। मैले, हामीले मात्र होइन, धोका नपाउने मान्छे ,इमानदार भएपछि, कोही छैन।केही छैन, तिम्रो माया,असल र योग्य सन्तान, केही माया गर्ने सज्जन आफन्तहरू, अनन्त चेलाचेलीहरू, वरदान हाम्रो लागि। सबै कुरा हामीले चाहे अनुसार पनि हुन्न। यही हो जिन्दगी !”

” अरूले हजुरलाई केही भने कि मेरो चित्त दुख्छ। को छ र मेरो हजुर बाहेक?अरू त अरू! ” आँखा रसिला बनाएर। भित्र भित्र अति खुशी भयो आनन्द,उनको माया,एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा ! सम्झियो। ऊ पनि द्रवित भयो।बोल्यो, ” अरूको केही दोष छैन पियारी, भन्ने मौका मैले नै दिएको हो।दायित्व बोध भएर सत्य बोल्छु,लेख्छु! अब रामको पक्षमा बोलेपछि रावण रिसाउने कुरा सामान्य,पाकिस्तानको वकालत गरेपछि मोदीले मलाई पुरस्कार,पद्मश्री,भारतको,दिने कुरा भएन।म महाभाग्यमानी पति,अति खुशनसीब पिता,लक्की गुरु,कुशकिस्मत मित्र,म सफल र सार्थक जीवन जिएको मान्छे,राम्रो म,यो रोग होइन।राम्राहरूको लागि राम्रो म!इमानदारहरूको लागि इमानदार म।स्वाभिमानी छु।अनुज आशुतोष विवेकीले चिनेको छ,अरू अनन्त आफन्त।पीर न मान्नू।अब पूरा ध्यान आफ्नो परिवारमा,दुनियाँ त दुनियाँ हो।सद्भाव राख्ने हो,हेर पाँच बर्ष अघि बघिनी बैनी सरू जय नेपाल र धरालाई माया गरेका थियौं ,गौतम बुद्धको मावली,निर्मल कन्चन विमल पात्र,पात्राहरू साक्षी,अहिले अग्नि अग्नि भएको छ कौन्तेय कर्णको धरामा,पाइला पाइलामा सगरमाथा,क्रमश: एक्लै एक्लै भएको घनराज,अहिले लावण्य देशको राजा भएको छ,५१० हात्तीहरूको लस्कर,राजधानीमा।अर्को भोरसम्म हेर्नू,हाम्रो सम्पूर्ण दुःखहरू सकिनेछन्!हरिनन्दनको मनमा हरि नहुने कुरा हुन्छ?हाम्रो हरेक आरजू पूरा हुन्छ।हेर त जोर नातिनीहरूको लीला!स्वर्ग होइन हाम्रो घर?” ” यसरी चित्त बुझ्ने कुरा गरे त सक्किगो नि!आई लभ यू बूढा! ” ” माया छ,आई लभ यू भन्नेको भर हुन्न।” एक घन्टा घुमेर घर फर्किए जोडी ।

-धनराज गिरी

प्रतिक्रिया दिनुहोस