निर्वाचनको दिन क–कसले सवारी चलाउन पाउँछन् ?

नौलो समाचार संवाददाता
२०७९ कार्तिक २६, शनिबार मा प्रकाशित ३३६ पटक पढिएको
निर्वाचनको दिन क–कसले सवारी चलाउन पाउँछन् ?

कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ ।

आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो ।

सूची अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, दूध बोक्ने सवारी साधन, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन लगायतले सवारी साधन प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस