२०७२ सालको विनाशकारी भूकम्पको आठ वर्ष पूरा

नौलो समाचार संवाददाता
२०८० बैशाख १२, मंगलबार मा प्रकाशित ३४९ पटक पढिएको
२०७२ सालको विनाशकारी भूकम्पको आठ वर्ष पूरा

बैशाख १२, काभ्रे। २०७२ सालको विनाशकारी भूकम्पको आठ वर्ष पूरा भएको छ।

वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो।

राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए।

भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए। सो भूकम्पबाट काभ्रे, सिन्धुपाल्चोक, ओखलढुङगा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए।

यस्तै, कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन्।

तर, राज्यले भूकम्पपीडितको बासस्थानलाई खर्च गरेको बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुको अवस्था दयनीय छ।

प्रतिक्रिया दिनुहोस