जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नहुँदै रोकियो

नौलो समाचार संवाददाता
२०८० बैशाख ३१, आईतबार मा प्रकाशित १६७९ पटक पढिएको
जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नहुँदै रोकियो

बैशाख ३१, काठमाडौं। जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ।

मन्त्रिपरिषद्‍ले पुनः अर्को प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ।

यसअघि मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गर्दै जग्गाको कित्ताकोट खोल्ने निर्णय गरिसकेको थियो । तर, पुनः कित्ताकाट खुलाउने प्रस्ताव पेश गर्न मन्त्रिपरिषद्‍को कार्यालयले भूमी मन्त्रालयलाई निर्देशन दिएको छ।

यसअघि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै वैशाख ५ गते सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको बताएकी थिइन् । ‘नियमावली संशोधन नहुँदा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो, त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनेकी थिइन् ।

तर, उक्त निर्णय मन्त्रिपरिषदले भूमी व्यवस्था मन्त्रालयमा नपठाएर पुनः अर्को प्रस्ताव ल्याउन भनेको हो।

हाल भूमी व्यवस्था मन्त्रालय पुनः प्रस्ताव पठाउने गरी तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस