उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु

नौलो समाचार संवाददाता
२०८० आश्विन १९, शुक्रबार मा प्रकाशित ७३९ पटक पढिएको
उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु

बनेपा/ शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ ।
‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । कार्तिक ४ गतेसम्म चल्ने महोत्सवको बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले उद्धघाटन गरे । उद्धघाटनअघि बनेपा पार्टी भेन्यु देखि बनेपा बजार परिक्रमा गर्दै महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा, नाच , झाँकी सहित विभिन्न संघसंस्था, कलेज, क्लबको सहभागितामा ¥याली गरिएको थियो ।
महोत्सवमा बिभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने आयोजक सस्थाका अध्यक्ष महेशकुमार कर्माचार्य जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस