बनेपा \ दशैं नजिकिएसंगै नुन, तेल, चामल जोहो गर्न समस्या पर्न सक्ने विपन्न परिवारकोमा ती सामाग्री लिएर नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका नेता कार्यकर्ता पुगेका छन् ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधिर वैद्यको संयोजन, बनेपाका १४ वटै वडाका तरुण दल सभापति, नेपाल ट्रेड युनियन कांग्रेस बनेपाको व्यवस्थापनमा सबै वडाका करिब ४ सय ५० विपन्न परिवारलाई १ बोरा चामल, १ लिटर तेल, १ किलो दाल, नुन, मस्यौरा सहयोग गरिएको हो ।
बैद्यको अभियानमा नेपाल ट्रेड युनियन कांग्रेस बनेपाका सभापति संगम थापा, कांग्रेस नेताहरु प्रचण्डराज प्रधान, योगेन्द्रनाथ कर्माचार्य, राम जोशी, सुरकृष्ण वैद्य, महेशकुमार कर्माचार्य, उत्तम भट्टराई, प्रताप वैद्य, विधान जोशी, बुद्धशरण मानन्धर, जुना कर्माचार्य, सुष्मा वैद्य, अर्जनु खड्का, किशोरकुमार श्रेष्ठ, रामशरण नापित, नविनजंग पाण्डे, देवराज थापा, हरि थापा, विश्व मानन्धर, रामजी कौशल, आशिष जस्पाउ, रविन्द्र अधिकारी लगायतले आर्थिक सहयोग गरेका छन् ।
संयोजक बैद्यले सहयोग भन्दा पनि माया बाड्न आएको बताउँदै सहयोगी सबैमा हार्दिक आभार व्यक्त गरे ।
तरुण दलले विभिन्न संघसस्थाको सहकार्यमा सरसफाइ, राहत वितरण लगायतका कार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस