फूलबारीमा फुटबल प्रतियोगिता शुरु

नौलो समाचार संवाददाता
२०८० मंसिर ५, मंगलबार मा प्रकाशित १२५९ पटक पढिएको
फूलबारीमा फुटबल प्रतियोगिता शुरु

नमोबुद्ध \ मंगलबारबाट नमोबुद्ध–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो ।

नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष निरबहादुर तामाङले जानकारी दिए ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले प्रतियोगिता उद्धघाटन गरे । उनले खेलकुदले युवाहरुमा एकता कायम गर्न सहयोग पुग्ने धारणा राखे ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले खेलकुदको बिकासको लागि नगर प्रतिवद्ध रहेको बताउदै अन्तर्राष्ट्रिय खेल खेल्ने जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राखे ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेलमार्फत सो स्थानको पर्यटन प्रवर्द्धनका साथै व्यक्तित्व विकास हुने तर्क गरे ।

उपत्यका बिकास प्राधिकरणमा कार्यरत सहसचिव नवराज प्याकुरेलले सबैको खेलकुदका साथै सर्वाङिण बिकासमा जोड दिए ।

नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेमबहादुर तामाङ ले सबैको साथ सहयोगले प्रतियोगिता सम्भव भएको भन्दै सहयोग निरन्तरताको अपेक्षा गरे ।

उद्घाटनमा नमोबुद्ध नगरपालिकाका वडा अध्यक्षहरु, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी लगायत स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस