धुलिखेल / चट्याङ लाग्दा शारदाबतासेका २ घरमा क्षति पुगेको छ ।
आइतबार दिउसो पौने ४ बजे चट्याङ लागेर धुलिखेल नगरपालिका वडा नं १० स्थित लक्ष्मी के.सी र सुवर्ण के.सी को घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार,ईट्टा र सिमेन्टले बनेको लक्ष्मीको पक्की दुई तल्ले घरको छतको ढलान तीन ठाउँमा प्वाल पर्नुका साथै सुत्ने र भान्छा कोठाको गारोमा प्वाल पारेको छ । विद्युत मिटर बक्स, फ्रिज, सिलिङ फ्यान थान गरी अन्दाजी ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
ईट्टा र सिमेन्टले बनेकोे सुवर्णको पक्कीएक तल्ले घरको छतमा प्वाल पार्नुका साथै विद्युत मिटर बक्स, टि.भि. समेत गरी अन्दाजी ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस