बनेपा / चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता असार १ गते हुने भएको छ ।
आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका बालबालिका लक्षित कार्यक्रम छात्रातर्फ ३ दशमलव ६ किलोमिटर र छात्रतर्फ ७ किलोमिटर दौड प्रतियोगिता हुने प्रवन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।
छात्रहरुको ७ किलोमिटर दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म हुनेछ भने छात्राहरुको दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगि पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस