बनेपा / सूर्य श्रेष्ठको अध्यक्षतामा नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ जिल्ला कार्यसमिति काभ्रेपलान्चोक शाखा गठन गरिएको छ ।
काभ्रे ब्रान्च चिफ राजेन्द्र थापाको उपस्थितिमा भएको भेलाले बसन्तनारायण भोक्षिभया र संगम थापालाई उपाध्यक्ष तोकेको छ ।
महासचिवमा नहकुल के.सी., सचिवमा धनेन्द्र तिमल्सेना (राज तिमल्सेना), कोषाध्यक्षमा निलम श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा पुष्पा खड्का, कल्पना सापकोटा, माधव खड्का, पुजन महर्जन र जयराम लामा छन् ।
महेश कर्माचार्य, महेश पौडेललाई सल्लाहकार, नवराज बजगाई र कपिल कोइरालालाई प्रेस सल्लाहकार तोकिएको छ ।
शुक्रवार बनेपा कार्यक्रम गरेर नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघका अघ्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोककुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानबिर वाइवालगायत प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस