रोटरी क्लब पनौतीको अध्यक्षमा मणिप्रसाद सापकोटा

नौलो समाचार संवाददाता
२०८१ श्रावण २७, आईतबार मा प्रकाशित २२५ पटक पढिएको
रोटरी क्लब पनौतीको अध्यक्षमा मणिप्रसाद सापकोटा

पनौती / रोटरी क्लब अफ पनौतीले रोटा वर्ष २०२४/२५ का लागि मणिप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिमा मधुसुधन गुरागाईं (निवर्तमान अध्यक्ष), डा. राजेन्द्र ताम्राकार (भावी अध्यक्ष), सुबेश ताम्राकार (निर्वाचित अध्यक्ष), यतिराज अधिकारी (उपाध्यक्ष), कृष्ण प्रसाद सैंजू (कोषाध्यक्ष), मनिष भैल (सर्जेन्ट एट आर्मस्), डाईरेक्टरहरुमा डा. प्रकाश कुईंकेल (क्लब एड्मिन), डा. अनुप थापा (मेम्बरशिप), प्रा.डा. सुमनराज ताम्राकार (पब्लिक ईमेज), ई. सितू सैंजू (सर्भिस प्रोजेक्ट), ई. विनोद बजगाईं (टिआरएफ) र दिपा स्याङतान (न्यू जेनेरेशन चेयर) छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारी एवं एसिस्टेन्ट डिष्ट्रिक गर्भनर भुवन कुँवर, पनौती नगर प्रमुख रामशरण भण्डारीको समुपस्थितिमा रोटरी क्लब अफ पनौतीको नवौं पदस्थापन समेत गरिएको छ ।

कार्यक्रममा रोटा वर्ष २०२२/२३ र २०२३/२४ अध्यक्ष मधुसुधन गुरागाईं अघिल्ला दुई वर्षमा रोटरी क्लब अफ पनौतीले सम्पन्न गरेका कार्य विवरण प्रस्तुत गरे । रोटा वर्ष २०२४/२५ का अध्यक्ष मणिप्रसाद सापकोटाले आगामी वर्ष गरिने कार्यक्रमको प्रारुप प्रस्तुत गरे ।

कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारी, एसिस्टेन्ट डिष्ट्रिक गर्भनर भुवन कुँवर, सम्मानित व्यक्तित्व प्रा.डा. राजेन्द्र कोजू, संस्थापक अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकार, डा. प्रकाश कुईंकेल, सितु सैंजु लगायतले रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस