पनौती / गृहमन्त्री रमेश लेखकले संविधान संशोधन र परिमार्जन सुझबुझपूर्ण हुने बताएका छन् ।
नेपाली कांग्रेसले पनौतीमा आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले संविधानमा संशोधन र परिमार्जन हुुनुपर्ने विषय पहिचान गरेर सबैको सहमतिमा संशोधन हुने बताए । ‘संविधान भोली विहानै संशोधन हुन सक्ने विषय हैन, यो जड दस्तावेज पनि हैन, संशोधन हुने दस्तावेज हो,’ मन्त्री लेखकले भने, ‘वार्ता, छलफल, समिक्षा, मुल्याकंनपछि बिषय पहिचान गरेर सहमतिका आधारमा संशोधन गरिन्छ ।’
अहिलेको नयाँ राजनीतिक समिकरणलाई असफल हुने छुट नभएको तर्क गर्दे उनले गठबन्धनले राजनीतिक सफलताको यात्रा तय गरेको तर्क गरे । ‘संक्रमणकालीन न्याय सम्बन्धी विद्येयकका लागि कानून बनाउनको लागि जुन जटिलता थियो, हामीले एक महिनाभित्र बनायौं, त्यो किन भयो भन्दा, एउटा राजनितिक समीकरण, जुन बन्यो, त्यसले एउटा आत्मबल दियो, त्यो आत्मबलले हामीले त्यस कुरालाई सम्बोधन गर्दै विषयलाई टुंग्याउन सफल भयौं ।’
ठूला राजनीतिक दलहरुको गठबन्धन र सहकार्यबाट महत्वपूर्ण राजनीतिक उपलव्धी प्राप्त गरेको तर्क गर्दै उनले गृहमन्त्री लेखकले १८ वर्षदेखि सम्बोधन गर्न नसकिएको संक्रमणकालीन न्याय सम्बन्धी
विद्येयकलाई दुई ठूला दलबीच भएको समीकरणले टुंगोमा पुर्याउन सकेको बताए ।
उनले पनौतीमा बन्न लागेको प्रहरी प्रतिष्ठानका कारण पनौतीमा पनि आर्थिक गतिविधी बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस