भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको सामान बरामद

नौलो समाचार संवाददाता
२०८१ भाद्र ६, बिहिबार मा प्रकाशित २१९ पटक पढिएको
भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको  सामान बरामद
तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय काभ्रे

धुलिखेल / भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको कपडा काभ्रे प्रहरीले बरामद गरेको छ ।

विहिबार विहान ६ बजे वीपी राजमार्ग पर्ने धुलिखेल नगरपालिका वडा नं.६ धुलिखेलचोक स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा महोत्तरीको खैरवनीबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र.२–०३–००१ क १६८४ नं को मिनिट्रकबाट ठूलो परिमाणमा भन्सार छलि गरी ल्याएको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

परालको भुसाले छोपी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा बिल भरपाई साथमा नभएका भन्सार छली गरी चोरी पैठारी गरी ल्याएका कम्प्युटर, पर्स, कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले मिनिट्रक चालक महोत्तरीको गौशाला नगरपालिका वडा नं १ बस्ने जितेन्द्र कुमार महतो, सोहि गाडीमा सवार सर्लाहीको बसबरिया नगरपालिका वडा नं १ बस्ने ब्रिजेश राम र मिनिट्रक समेतलाई नियन्त्रणमा लिई कार्वाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरी वी.पी. राजमार्ग अन्तगर्त काभ्रेभञ्ज्याङमा जाँच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौतर्फ आउदै गरेका बा.४ ख ६३५६, बा.प्र.०३–००१ ज ०४७३ नं. को इलेक्ट्रिक गाडी, बा ५ ख ७२७ नं. र ना ३ ख. २०५८ नं. कोे हायस र बा ३ ख ९७४१ नं को फोर्स गाडी र प्र.१–०१–००१ ख ४३३७ नम्बरको बसमा रहेका झोला तथा बोरामा सामानहरुको धनि नरहेको र बिल भरपाई साथमा नभएका भन्सार छली गरी चोरी पैठारी गरी ल्याएको आशंकामा अन्दाजी ७६ हजार बराबरको सामान बरामद गरेको थियो ।

ती सवारीसधानबाट तयारी कुर्था सुरुवाल, टप्स, लेहेङ्गा जाली, ब्लाउज पिस, मिक्सर, मयुरको प्वाँखको बण्डल, ४० किलोग्राम काजु, छोकडा, आयुर्वेदिक औषधी मोनाका, मिल्क पाउडर लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस