पनौती / पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
करेन्ट लागेर उपचारको लागि अस्पताल लगिएका सप्तरी जिल्लाको अग्निसाइरा कृष्णसभरन गाउँपालिका वडा नं १ का २० बर्षीय सबिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।
साँझ ७ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस