जिल्ला समन्वय समितिको लागत साझेदारीमा नमोबुद्धमा सञ्चालित योजना अनुगमन

नौलो समाचार संवाददाता
२०८१ आश्विन १, मंगलबार मा प्रकाशित १५९ पटक पढिएको
जिल्ला समन्वय समितिको लागत साझेदारीमा नमोबुद्धमा सञ्चालित योजना अनुगमन

नमोबुद्ध / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र नमोबुद्ध नगरपालिकाको लागत साझेदाराीमा सञ्चालित ३ विकास योजनाको संयुक्त अनुगमन गरिएको छ ।

५०/५० प्रतिशत लागत साझेदारीमा नमोबुद्ध वडा नं ३ स्थित राम माध्यमिक विद्यालय, वडा नं ४ कार्यालयको घेरावार र मेथिनकोट अस्पतालमा निर्माण गरिएका संरचना अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, उपप्रमुख रिमबहादुर तामाङ, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न लामा, जिल्ला समन्वय अधिकारी पिताम्बर पाण्डे, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष रमेश तिवारी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र जिल्ला समन्वय समिति र नगरपालिकाका प्राविधिक टोलीले ती योजना अनुगमन गरेको हो ।

२४ लाखको लागतमा राम माविमा मेसिनरी वाल, पक्की वालसहितको घेराबार, तारजाली र गेट निर्माण गरिएको छ ।

१६ लाखको लागतमा वडा नम्बर ४ को कार्यालयमा ढुंगाको गाह्रो, तार जाली, चौतारा निर्माण गर्नुका साथै बाटो ढलान गरिएको छ ।

मेथिनकोट अस्पतालमा एमआरआई मेसिन सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न समन्वयले ६ लाख ५० हजार र नगरपालिकाले ६ लाख ५० हजार रुपैयाँ लागत साझेदारी गरेका छन् ।

प्राविधिक स्टमेट अनुसार निर्माण सन्तोषजनक भएको पाइएकोले भुक्तानीको लागि सिफारिस गरेको जिल्ला समन्वय समितिका प्रमुख गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस