संविधान दिवस २०८१ को पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम

नौलो समाचार संवाददाता
२०८१ आश्विन २, बुधबार मा प्रकाशित ६६ पटक पढिएको
संविधान दिवस २०८१ को पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम

धुलिखेल / संविधान दिवस २०८१ को पूर्वसन्ध्यामा काभ्रेमा विभिन्न रचनात्मक कार्यक्रम गरिएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिले सोमबार नमुना विद्यालय स्तरीय संविधान विषयक कविता वाचन, संविधान पुस्तिका हस्तान्तरण र सन्देशमुलक सांस्कृतिक कार्यक्रम गरेको हो ।

कविता वाचन प्रतियोगितामा जनक माध्यमिक विद्यालय भकुण्डेवेशीका सम्झना मिजार प्रथम र सञ्जिवनी माध्यमिक विद्यालय धुलिखेलका प्रमिता वि.क. दोस्रो भए ।

 

जनवादी गायक जीवन शर्माले सचेतनामुलक गीत प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीले चेतनामुलक नृत्य प्रस्तुत गरेका थिए ।

संविधानसभा सदस्य समेत रहेका प्रतिनिधी सभा क्षेत्र नं १ का सदस्य सुर्यमान दोङले संविधान कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य रत्न ढकाल, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल लगायतले संविधान कार्यान्वयनमा जोड दिएका दिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिल्ला स्थित तीन वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र विभिन्न विद्यालय र बालबालिकाको सहभागिता थियो ।

संविधानको महत्व र उपादयेता बुझाउन रचनात्मक कार्यक्रम गरिएको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

जिल्लास्थित स्थानीय तह र सरकारी निकायले पनि संविधान दिवसमा विभिन्न कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस