काभ्रेका स्थानीय तहले मनाए संविधान दिवस

नौलो समाचार संवाददाता
२०८१ आश्विन ३, बिहिबार मा प्रकाशित १९ पटक पढिएको
काभ्रेका स्थानीय तहले मनाए संविधान दिवस

भकुण्डवेशी / काभ्रेका स्थानीय तहले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

संविधान दिवस २०८१ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा साँझ दिप प्रज्वलन गरेको छ ।

नगर प्रमुख कुनसाङ लामा, उप्रमुख रत्न लामा, वडाअध्यक्ष, कर्मचारीहरु र स्थानीयको सहभागीतामा साँझ दिप प्रज्वलन गरिएको हो ।

 

रोशी गाउँपालिकाले दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले शहिदको बलिदानीबाट प्राप्त संविधान पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले संविधानमा समयानकुल संशोधन गर्नुपर्ने भन्दै संविधानमा स्थानीय तह र नागरिकलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले नेपाली जनताको लामो ‘त्याग तपस्या’ले प्राप्त गरेको संविधान शिरोधार गरेर नागरिकको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

रोशी गाउँपालिका वडा नं ७ का अध्यक्ष अशोक गौतमले राजनीतिक दल र जनताको अथक प्रयासले बनेको संविधान रक्षा गर्दै पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

संविधान दिवसको अवसरमा बेथानचोकमा प्रभातफेरी र सरसफाइ गरिएको छ ।

जनप्रतिनिधी, कर्मचारी र स्थानीयको सहभागितामा ढुंखर्क बजार परिक्रमा गर्दै सरसफाई समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस