‘बनेपा महोत्सव–२०८१’ आजबाट

नौलो समाचार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ११० पटक पढिएको
‘बनेपा महोत्सव–२०८१’ आजबाट

बनेपा / बनेपा महोत्सवको पाचौं संस्करण आज असोज ४ गते शुक्रवारबाट शुरु हुँदैछ ।

‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा हुँदै आएको महोत्सवको पाचौं संस्करण बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा आज बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उद्धघाटन गर्नेछन् ।

‘व्यापारिक, सास्कृतिक, मनोरञ्जनात्मक खेल मेला’ नाम दिइएको बनेपा महोत्सव–२०८१’ असोज १९ गतेसम्म चल्नेछ ।

जिल्लाको ‘सुन्दर नगरी’ बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांंस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको क्लवका अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिए । फुटबल लगायतको विकासमा कृयाशिल क्लवले खेलकुद गतिविधी सञ्चालन गर्न आर्थिक जोहो गर्न मेला, महोत्सवको आयोजना गरिएको उनले बताए ।

कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहने महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बाल उद्यानको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।

प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रमका साथै जिल्ला भित्रका नवप्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता दिइने मुख्य संयोजक पारषमणि कायस्थले जानकारी दिए ।

महोत्सवमा महिला भलिबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमे बाजा प्रतियोगिता समेत गर्ने आयोजकको तयारी छ ।

स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित विभिन्न विद्यालय, सहकारी, संघसंस्थाको सहभागितामा महोत्सव समुद्घघाटन गरिने आयोजकले जनाएको छ ।

टिम बिबिसी संरक्षक रहेको मेला संयुक्त नेपाल मेला महोत्सव गु्रपले व्यवस्थापन गर्नेछ । महोत्सवको प्रमुख सल्लाहकार राम राज जोशी, मुख्य संयोजकमा पारस मणि कायस्थ र सह–मूख्य संयोजकमा यश कुमार रंजितकार तोकिएका छन् ।

फुटवल खेल विकास र प्रवद्र्धनमा सकृय बनेपा व्वाइज क्लवले विभिन्न समयमा सामाजिक कृयाकलाप गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस