पनौती / पनौती नगरपालिकाले बालबालिकाको आँखा परिक्षण ‘निःशुल्क’ हुने व्यवस्था मिलाएको छ ।
कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पतालसंगको समन्वयमा नगर क्षेत्रका सबै सामुदायिक र नीजि विद्यालयमा अध्यनरत विद्यार्थी आँखा परिक्षण निःशुल्क गरी आवश्यकताका आधारमा चश्मा समेत वितरण गर्ने व्यवस्था गरिएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।
अभियानको शुभारम्भ वडा नं ७ स्थित पुण्य माध्यमिक विद्यालयबाट गरियो । यहाँ सञ्चालित आँखा जाँच शिविर नगर प्रमुख भण्डारीले शुभारम्भ गरे ।
अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माको उपस्थितीमा भएको शिविरमा सो विद्यालयका शिक्षक लगायतको सहभागिता थियो ।
आँखा अस्पतालको प्राविधिक सहयोगमा हुने जाँच शिविर नगरपालिकाका सबै विद्यालयमा गरिने स्वास्थ्य शाखा प्रमुख जनक के.सी.ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस