Advertisement
SKIP THIS

बाढी पहिरो अपडेट : काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

सडक र सञ्चार अवरोधका कारण उद्धारमा कठिनाई
नौलो समाचार संवाददाता
२०८१ आश्विन १३, आईतबार मा प्रकाशित २६९ पटक पढिएको
बाढी पहिरो अपडेट : काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो
तस्वीर : सामाजिक सञ्जालबाट

बनेपा / अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

विभिन्न स्थानमा पहिरोले पुरिएर ३१ जनाको मृत्यु भएको यकिन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, १९ जना बेपत्ता भएका छन् । ४२ जना घाइते भएका छन् भने बाढी र पहिरोमा फसेका ९४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सडक सञ्जाल र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको निमित्त प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए ।

अविरल बर्षापछिको बाढी र पहिरोको कारण तेमाल २ मा एकै घरमा पुरिका ८ जनासहित विभिन्न वडाका १४ जनाको उद्धार हुन नसकेको गाउँपालिका अध्यक्ष चन्द्र लामाले जानकारी दिए ।

नमोबुद्ध ५ ठोक्रेमा पहिरोमा पुरिएका २ जना, वडा नं १, स्यामपाटीमा २ जनाको उद्धार हुन सकेको छैन ।

बेथानचोक ४ मा पुरिएका ८ जना मध्येको ४ को शव निकालिएको छ भने ४ जनालाई उद्धार गर्न नसकिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, पनौती नगरपालिका वडा नं ११, थुम्कीमा स्थानीयको घर पुरिँदा बेपता भएका ४ जनाको उद्धार हुन सकेको छैन ।

बनेपा नगरपालिका वडा नं १४ थालचोकमा पनि पहिरोले घर बगाउँदा २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस