खाद्यान लिएर प्रभावित क्षेत्रमा पुगे कांग्रेस सभापति लामा

नौलो समाचार संवाददाता
२०८१ आश्विन १४, सोमबार मा प्रकाशित ३७४ पटक पढिएको
खाद्यान लिएर  प्रभावित क्षेत्रमा पुगे कांग्रेस सभापति लामा

धुलिखेल / नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेका विभिन्न ठाउँँमा २ सय  बोरा चामल लगायतका खाद्यान लिएर पुगेका छन् ।

सिम्रिक एयरको हेलिकप्टरमार्फत रोशी गाउँपालिकाको वडा नं ९ को मंगलटार, नार्के र वडा नं १, २ र ३ का प्रभावित आश्रय लिएर बसेको लक्ष्मीनारायण माध्यमिक विद्यालयमा राहत स्वरुप चामल, नुन, तेल लगायतका सामाग्री लिएर पुगेका हुन् ।

लामाले बाढी र पहिरोबाट बढी प्रभावित पनौती नगरपालिकाका विभिन्न स्थानमा वितरण गर्ने गरी १ सय ५० बोरा चामल पनौती प्रमुख नगरपालिका रामशरण भण्डारीलाईलाई हस्तान्तरण गरेका छन् ।

बाढी र पहिरोको कारण घरबारविहिन भएको स्थानीयलाई केही राहत महशुस होस् भनेर आफ्नो दायित्व सम्झेर सहयोग लिएर गएको लामाले बताए ।

उनले अन्य स्थानमा पनि आवश्यकताका आधारमा अन्य संघसस्था, प्रदेश सरकारको समन्वयमा खाद्यान लगायतका राहत सामाग्री उपलव्ध गराउने लामाले बताए ।

पूर्वमन्त्री लामाको साथमा बाग्मती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तान, नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, जिल्ला सदस्य रहेका धुलिखेल नगर उपप्रमुख निराजन जंगम, प्रदेश सभा क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङ, रोशी गाउँपालिका सभापति दुधराज तामाङ, नेपालि विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम लामा थोकर, सम्पूर्ण थापा, नेपाल तरुण दल काभ्रेका सचिव सुरज तिमल्सिनालगायतका नेता थिए ।

प्रतिक्रिया दिनुहोस