६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

नौलो समाचार संवाददाता
२०८१ आश्विन ३०, बुधबार मा प्रकाशित १५३ पटक पढिएको
६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ ।

६९ औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रहरी कार्यमा सहयोग पुऱ्याउने नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका वडा नम्बर १० का अध्यक्ष विकेन तामाङ, नेपाल रेडक्रस सोसाईटी, मंगलटार उप-शाखा, गणेश हिमाल तराई यातायात प्रा.लि का अध्यक्ष आत्मराम थापा, बागमती ट्रिपर व्यवसायी संघ अध्यक्ष सुरेश खत्री, काभ्रे पुण्यवती सेवा प्रा.लि.का अध्यक्ष राजेश सुन्दर सैजु, धुलिखेल नगरपालिका वडा नं. ७ निवासी रमेश दाहाल, मधुसुदन ढकाललगायतलाई प्रशंसापत्र प्रदान गरियो । कार्यक्रममा अमर प्रहरी परिवारका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा अमर प्रहरी परिवार, पुर्व प्रहरी कर्मचारीहरु र उपस्थित सम्पुर्ण सिनियर प्रहरी अधिकृतहरुले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै , शोक सलामी अर्पण गरिएको थियो ।

प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खड्काले स्वागत मन्तव्यका साथै प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवरको सन्देश वाचन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गौरवमय इतिहास भएको नेपाल प्रहरीले शान्ति सुरक्षा, अमनचयन, सामाजिक सदभाव कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे । असोज दोस्रो साता बर्षापछि आएको बाढी पहिरोका कारण सिर्जित विपद व्यवस्थापनमा सरोकारवालाको भुमिकाका कारण सहज भएको तर्क गरे । प्रविधीको विकाससंगै अपराधका तौरतरिका फेरिएको भन्दै प्रहरीलाई प्रविधी र श्रोत साधन सम्पन्न बनाइनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रहरी नायव उपरीक्षक मिन बहादुर घले, पुर्व प्रहरी संगठन काभ्रेका उपाध्यक्ष पुर्व प्रहरी निरीक्षक प्रदिप कार्की लगायतले प्रहरीले विपद प्रतिकार्य, अपराध अनुसन्धान लगायतमा प्रहरीले खेलेको भुमिकाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस