काभ्रे प्रहरी प्रमुख खड्का  `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कारबाट सम्मानित

प्रहरी निरीक्षक  गिरीलाई `उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार´
नौलो समाचार संवाददाता
२०८१ आश्विन ३०, बुधबार मा प्रकाशित ७६ पटक पढिएको
काभ्रे प्रहरी प्रमुख खड्का  `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कारबाट सम्मानित

धुलिखेल / जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख  प्रहरी उपरीक्षक (एसपि) वसुन्धरा खड्का  `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कारबाट सम्मानित भएकी  छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले एसपि खड्कालाई पुरस्कारसहित कदर पत्र प्रदान गरेका हुन् ।

असोज दोस्रो साता अविरल बर्षापछिको बाढी र पहिरोका कारण सिर्जित विपत्तिमा समग्र काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा पुर्याएको  योगदानको  मूल्याङ्कन गर्दै एसपि खड्कालाई सम्मान गरिएको हो ।

उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरी सम्मानित भए । `नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा´ प्रहरी निरीक्षक  गिरीलाई `उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार´ प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस