शिखरआम्बोटेका बाढी पहिरोपीडितलाई खाद्यान, भाडाकुँडासंगै लत्ताकपडा

नौलो समाचार संवाददाता
२०८१ कार्तिक ५, सोमबार मा प्रकाशित १३९ पटक पढिएको
शिखरआम्बोटेका बाढी पहिरोपीडितलाई खाद्यान, भाडाकुँडासंगै लत्ताकपडा

शिखरआम्बोटे – रोशी गाउँपालिका वडा नं. ३, शिखरआम्बोटेका बाढी पहिरोपीडितलाई खाद्यान, भाँडाकुँडासंगै लत्ताकपडा सहयोग गरिएको छ ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरो पीडितलाई लायन्स क्लव अफ काठमाडौँ फेलोसिप ३२५ ‘एफ’ले सहयोग हस्तान्तरण गरेको हो ।

रोशी उद्योग वाणिज्य संघको पहल, रोशी गाउँपालिका तथा वडा नं. ३ को समन्वयमा त्यहाँका ५४ घरविहिन परिवारलाई दाल, चामल, चिउरा, गेडागुडी, चिनी, चियापतिलगायतका खाद्यान, थाल, कराई, डेक्ची, पन्यू, डाडु, बाल्टी, मग, पानी पिउने बोतल लगायतका भान्साका सामाग्री र बलाकेंट, डसना, तकिया, सर्ट, पाईन्ट, टिसर्ट, टाउजर, टावेल, गलबन्दी ज्याकेट, गम्सा, हाफपाईन्ट, टोपी, पञ्जा, व्यागलगायतका लत्ताकपडा समेत गरी ९ लाख ५० हजार बराबरको सहयोग गरिएको हो ।

राहतको लागि युनिभर्सल डेन्टल हस्पिटलका संचालक राजन लामा, एटि वर्गरका संचालक अमिक लामा, युवा समाजसेवी उत्तर कुमार श्रेष्ठ ज्यु , समाजसेवी बिस्णु डुंगान लगायतले सहयोग गरेका छन् ।

युनिभर्सल डेन्टल हस्पिटलका संचालक राजन लामाले उपलव्ध गराएको औषधी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरियो ।

लायन्स क्लवका तर्फबाट चार्टर प्रेसिडेन्ट कृष्ण ज्योति शाक्य, क्लस्टर चिफ लक्ष्मी महत, डिस्ट्रिक्ट सहसचिव सरस्वती श्रेष्ठ, क्लव प्रेसिडेन्ट हिरा आले, पास्ट ट्रेजर शुसिला श्रेष्ठ र चण्डीका श्रेष्ठ, रोशी उद्योग वाणिज्य संघबाट अध्यक्ष मनिष बल, महासचिव विकास लामा, कोषाध्यक्ष चन्द्र लामा सदस्य लक्ष्मी वाईवा लगायतको टोलीले वडाअध्यक्ष धनजित लामाको उपस्थितीमा ती सामान वितरण गरेका थिए ।

चार्टर प्रेसिडेन्ट शाक्यले पहिलो चरणमा खाद्यान, लत्ताकपडा सहयोग लिएर आएको भन्दै थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

रोशी उद्योग वाणिज्य संघका अध्यक्ष वलले रोशीका बाढी पहिरो पीडितको अवस्था बुझेर विभिन्न सहयोगी संस्थामा राहतको लागि पहल र समन्वय गरेको बताए ।

वडाध्यक्ष धनजीत लामाले विपदमा सरकारसंग अन्य सहयोगी संघसंस्थाले सहकार्य गर्नुपर्ने भन्दै लायन्स क्लव र उद्योग वाणिज्य संघलाई आभार प्रकट गरे ।

 

प्रतिक्रिया दिनुहोस