कालीजंगको २२० औं बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन

नौलो समाचार संवाददाता
२०८१ कार्तिक १०, शनिबार मा प्रकाशित ४० पटक पढिएको
कालीजंगको २२० औं बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन

धुलिखेल / धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणको २२० औं  बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन गरिएको छ ।

वि. स. १८६१ साल माघ १ गते तत्कालिन राजा गिर्वाणयुद्ध वीर विक्रम शाहदेवको पालामा गोरखा जिल्लामा कम्पनीको रुपमा स्थापना भएको कालीजंग विभिन्न स्थानमा तैनाथ हुँदै हाल धुलिखेलमा कालीजंग गणको रुपमा छ । प्रमुख सेनानी प्रकाशबहादुर सिंह गणपति छन् ।

शुक्रवार गण परिसरमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्यपृतना हेडक्वाटरका पृतनापति विष्णु राउत, उपरथी सागरबहादुर थापालगायत सैनिक उच्च अधिकारीहरुले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा कालीजंग गणका पूर्व गणपति रहेका मानार्थ सहायक रथी (अवकाश प्राप्त) केदार के.सी. लाई सम्मान गरिएको थियो ।

बार्षिकोत्सवको अवसरमा आन्तरिक आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने ‘ग’ गुल्मलाई ट्रफी प्रदान गरियो ।

बार्षिकोत्सव कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस