धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले नेपाल पत्रकार महासंघका विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
बिहिबार कार्यक्रम गरेर समितिले नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश, प्रतिष्ठानका साथै प्रदेश र केन्द्रीय परिषद् सदस्यमा निर्वाचितलाई बधाई ज्ञापन गरेको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ, जिल्ला समन्वय अधिकारी पिताम्बर पाण्डे लगायतले माला, टिका र सम्मानपत्रसहित बधाई ज्ञापन गरेका हुन् ।
प्रमुख दिपककुमार गौतमले व्यवसायिक र मर्यादित पत्रकारितामार्फत सञ्चार क्षेत्रको प्रवद्र्धन, सूचनामा नागरिकको पहुँच स्थापना, आवाजविहिनको नागरिक आवाज बन्न र समाजमा व्याप्त विसंगति अन्त्य गर्न योगदान पुग्ने अपेक्षासहित सम्मान गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्ष बद्रिराज तिमल्सिनाले जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा पत्रकारिता क्षमता अभिवृद्धि लगायतमा सहकार्य गरेको बताउँदै निरन्तरताको कामना गरे ।
कार्यक्रममा पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना र मोतिराम तिमल्सिना लगायत जिल्लामा कृयाशिल सञ्चारकर्मीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस