धुलिखेलमा शंखनाद प्रतियोगिता

नौलो समाचार संवाददाता
२०८१ पौष ६, शनिबार मा प्रकाशित १५ पटक पढिएको
धुलिखेलमा शंखनाद प्रतियोगिता

धुलिखेल / विश्व हिन्दु महासंघ धुलिखेलले शनिवार धार्मिक अन्तरक्रिया, सत्संगसहित शंखनाद प्रतियोगिता गरेको छ ।

शंखनाद प्रतियोगितामा सहभागी १५ जना मध्येबाट नैनिसारन्य गुरुकुलका नवीन घिमिरे प्रथम, काभ्रे बडालगाउँका रामहरि बडाल दोस्रो र राजेशप्रसाद बडाल तेस्रो भए । समिर पराजुलीले सान्त्वना पुरस्कार पाएका छन् ।

कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालको सनातन हिन्दु राष्ट्र अभियान नेपालका संयोजक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सिमित नेताको स्वार्थको कारण देश विग्रिएको भन्दै पार्टी भन्दा देश कहिल्यै सानो नहुने तर्क गरे ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले संविधान संशोधन भए हिन्दु राष्ट्र घोषणालाई दलहरुले मूख्य एजेन्डा बनाउनुपर्ने बताए ।

कार्यक्रममा धुलिखेल नगर उपप्रमुख निराजन जंगम, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष उद्वव नेपाल, प्रशिक्षण विभाग प्रमुख भरतराज पौडेल, गायक रामहरि न्यौपाने, धुलिखेल सभापति गोपी बडाल लगायतले सनातन धर्मका बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस