सक्सेस अब्रड स्टडीको शाखा बनेपामा

नौलो समाचार संवाददाता
२०८१ पौष ८, सोमबार मा प्रकाशित ११ पटक पढिएको
सक्सेस अब्रड स्टडीको शाखा बनेपामा

बनेपा / उच्च शिक्षा अध्ययन गर्न विदेशिने विद्यार्थीको संख्या बढेपछि बनेपामा पनि शैक्षिक परामर्श संस्था खुल्ने क्रम बढेको छ । सक्सेस अब्रड स्टडीले पनि सोमबार बनेपामा शाखा उद्धघाटन गरेको छ ।

शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष शेषराज भट्टराई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले एक कार्यक्रमविच बनेपास्थित शाखा कार्यालय उद्धघाटन गरेका थिए ।

२०७० सालमा बागबजारमा स्थापना भएको सक्सेसले बनेपा साथै इटहरी र जापानमा समेत शाखा छ । बनेपामा पनि २०७३ देखि बनेपा कम्प्युटर एण्ड एजुकेसन सेन्टर (बिसिइसि) मार्फत सेवा प्रदान गरेपनि शाखा नै स्थापना गरेर सम्पूर्ण सेवा दिन लागेको शाखाका प्रवन्ध निर्देशक शर्मिला तिमल्सिनाले जानकारी दिइन् ।

शैक्षिक परामर्श संघका अध्यक्ष भट्टराइले विद्यार्थी र अभिभावकलाई केन्द्रमा राखेर सेवा दिन अनुरोध गरे ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले विद्यार्थीसँगै अभिभावलाई पनि सल्लाह सुझाव जरुरी रहेको बताए ।

संघका सचिव समेत रहेका सक्सेसका प्रबन्ध निर्देशक भवनाथ हुमागाँईले विगतको जस्तै गुणस्तरीय सेवालाई निरन्तरता दिने बताए । १० बर्षको अवधीमा १ हजार भन्दा बढीलाई उच्च शिक्षाको लागि विदेश पठाएको उनले जानकारी दिए । सक्सेसले जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरिया अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ ।

सोमबार नै सक्सेसले जापान अध्ययनको लागि परामर्श मेला समेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस