फर्निचरमा आगलागी हुँदा महिलाको मृत्यु

नौलो समाचार संवाददाता
२०८१ माघ १२, शनिबार मा प्रकाशित ४४५ पटक पढिएको
फर्निचरमा आगलागी हुँदा महिलाको मृत्यु
तस्वीर श्रोत : बासुदेव उपाध्याय

काभ्रेभञ्ज्याङ / फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी छन् ।

धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागि हुदाँ सो उद्योगमा बस्दै आएकी शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० बर्षीय टिकादेवि दंगाललको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । सोही उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ बर्षीय तोयानाथ घाइते छन् ।

फर्निचर उद्योगबाट शुरु भएको आगो फैलदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको धु्रवबहादुर विश्वकर्माको टहरामा समेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्मामा अन्दाजी ८ लाख बराबरको घर, खाद्यान, लत्ताकपडा र धु्रव विश्वकर्माको अन्दाजी तीन लाख बराबरका टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

९ बजे शुरु भएको आगो नियन्त्रणको ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।

घाइतेको उपचार र मृतको पोष्टमार्टम् धुलिखेल अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस