बैशाख २५, काठमाडौं । कारोना भाइरसको संक्रमणको जोखिम रहिरहेको बेला जर्मनीमा पसल खोल्न इजाजत दिइएको छ । जर्मन चान्सलर एंगेला मर्केलले जर्मन सरकार कोरोना भाइरस संक्रमणको फैलावट कम गर्ने लक्ष प्राप्त गरिसकेको बताएकी छिन् ।
जर्मनीले सार्वजनिक स्थानमा गएर खाना खान, बृदाश्रममा रहेकासँग भेट्न, बच्चालाई स्कुल पठाउन अनुमति दिएको बीबीसीले जनाएको छ ।
जर्मनीले फुटवल लिग पुन : सुरु गर्न सक्ने संकेत दिएको छ । युरोपमा कोरोनाको संक्रमण देखिए पछि फुटवल लिग सुरु गर्न अनुमति दिइएको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस