जेठ १८, एजेन्सी । अमेरिका यतिबेला आन्तरिक द्वन्द्वमा नराम्ररी फसेको छ । मुलुक कोरोना भाइरसको पीडामा परेका बेला मिनायपोलिसका एक अश्वेत व्यक्ति प्रहरी यातनामा मारिएपछि देशभर आगो बलेको हो ।
अमेरिकाका ३० भन्दा बढी शहरमा फैलिएको विरोध प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएको छ । कोभिड १९ को संक्रमणको समेत बेवास्ता गर्दै प्रदर्शनकारी सडकमा ओर्लिएका छन् ।
देशभरबाट सयौं प्रदर्शनकारी पक्राउ परेका छन् । विभिन्न शहरमा प्रहरीसँग प्रदर्शनकारकिो भिडन्त भएको खबरहरु छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले आगजनी र तोडफोडको मात्र यसैगरी बढाइरहे सैनिक प्रहरीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । विभिन्न राज्यका गभर्नरहरुले प्रदर्शन हिंसात्मक बनेकाले अब सहेर बस्न नसकिने चेतावनी दिएका छन् ।
बढ्दो तनाव र झडप नियन्त्रण गर्न कतिपय शहरहरुमा कर्फ्यू लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस