जेठ २३, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)बाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको छ । एयर अरेबियाको उडान नम्बर जी ९: १७५१ नम्बरको विमान स्थानीय समयअनुसार १२ : ०३ मा उडेको हो । जहाजमा एक नेपालीको शव पनि छ ।
जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैनन् । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।
सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो । विमानभित्र प्रवेश गरिसकेको यात्रुलाई बाहिर निकालिएको थियो । फेरि नेपाल सरकारको एउटा फारममा हस्ताक्षर गर्न लगाइएपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाह विमानस्थलबाट विमान उडाइएको हो ।
यो विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस