Advertisement
SKIP THIS

बाढीले पनौतीको कृषि क्षेत्रमा मात्रै करिब २० करोडको क्षति

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ४१८ पटक पढिएको
बाढीले पनौतीको कृषि क्षेत्रमा मात्रै करिब २० करोडको क्षति

जेठ २३, काभ्रे । काभ्रेको पनौती नगरपालिकामा गत १४ गते अबिरल वर्षासँगै आएको बाढीले कृषि क्षेत्रमा मात्रै २० करोडको क्षति पुर्याएको पाइएको छ । बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले नेतृत्व गरेको पाँच सदस्यीय समितिले २० करोडको क्षति भएको प्रतिवेदन नगरपालिकामा बुझाएको हो ।

तरकारी, धान खेती र मकै बालीमा धेरै बढी क्षती पुगेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत एवंम सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीले जानकारी दिए । करिब सात सय ओटा प्लास्टिकका टनेलहरुमा क्षती पुगेको प्रतिवेदनमा भेनिएको छ ।

त्यस्तै खोला छेउ छाउका खेतहरु बाढीसँग आएको पाँगो माटोले भरिएका छन् । पाखो बारीहरु बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले किसानलाई क्षतिपूर्ती दिनेबार छलफल थालिसकेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

यस्तै बाढीले भौतिक पुर्वाधार तर्फ पनौति क्षेत्रमा जोडिएका तिनओटा महत्वपुर्ण पक्की पुलहरु बगाएको छ । खोपासी बाट पस्थली जोड्ने पुल, वडा नम्बर ३ को पशुपति मन्दिरबाट बस्ति तर्फ जोडिएको पुल पनि संरक्षण गर्नु पर्ने अवस्थामा पुगेको छ ।

रोशीखोला र पुन्यमाता खोला तर्फ भएको बाँध बाढीले बगाएको छ । सिंचाईका बाँध कुलोहरुमा पनि क्षति पुगेको छ । भौतिक क्षतिको लागत वितरण तयार गर्ने जिम्मा प्राविधिकलाई दिइएको वडा नम्बर ९ का वडा अध्यक्ष एवंम भौतिक पुर्वाधार तर्फ बाढीले पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित समितिका संयोजक सहकुल कुमार हुमागाईले बताए ।

source: khabarghar.com

प्रतिक्रिया दिनुहोस