जेठ २७, काभ्रे । धुलिखेल नगरपालिकाले वडा नम्वर ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुले किसानहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् । नगर प्रमुख व्याञ्जुले उक्त वडामा ११ वटा खेत खन्ने हाते ट्याक्टर र ११ वटा घाँस काट्ने मेसिन वितरण गरेका हुन् । ट्याक्टर र घाँस काट्ने मेसिन किसानहरुलाई ५० प्रतिशन अनुदानमा वितरण गरिएको वडा अध्यक्ष विष्णु धितालले बताए ।
खेतिपातीको समय भएकोले किसानको समस्यालाई मध्यनजर गरि नगरपालिकाले किसानलाई कृषि सामाग्री वितरण गरेको वडा अध्यक्ष धितालले बताए । औजार वितरण गर्दै नगर प्रमुख व्याञ्जुले कृषि सामाग्रीको सदुपयोग गरि कृषि पेशालाई सहज बनाउन किसानहरुसँग अनुरोध गरेका छन् ।
१६ सय घर धुरीलाई निशुल्क विषादी
मकैमा लगातार फौजी किराले आक्रमण गरी मकै उत्पादन सखाप बनाउन थाले पछि नगरपालिकाले सबै वडाका कृषकहरुलाई फौजी किरा विरुद्धको विषादी निशुल्क उपलब्ध गराएको छ । नगर भित्रका १ हजार ६ सय घरधुरीलाई निशुल्क विषादी वितरण गरिएको थियो । विषादी वितरणका लागि नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कृषि शाखाका कर्मचारीहरु सहभािग थिए ।
प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नं. ९ मा मकैमा लाग्ने किरा नियन्त्रण गर्न किसानहरुालई किटनासक औषधि वितरण गरेका छन् । सो वडाका ३ सय घर धुरीलाई उक्त औषधि वितरण गरेका हुन् । नगरपालिकाले निशुल्क फौजी किरा विरुद्धको विषादी उपलब्ध गराए पछि किसानले राहत महसुस गरेका छन् । जनप्रतिनिधिहरु घर घर पुगी उक्त विषादी उपलब्ध गराएका थिए ।
प्रतिक्रिया दिनुहोस