जेठ २८, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
उनले आज राजीनामापत्र पेश गरेका हुन् । राजीनामा पत्रमा उनले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
कार्यकारीले रेडियो नेपालमा काम गर्ने अवसर दिएकोमा सरकारलाई धन्यवाद समेत दिएका छन् ।
उनी पहिलोपटक २०६९/०८/१९ गते रेडियो नेपालको कार्यकारी निर्देशक पदबाट नियुक्त भएका थिए । त्यसपछि ४ वर्षे कार्यकाल सकिएका उनलाई सरकारले २०७३ माघ ६ गते फेरि नियुक्ति दिएका थिए ।
उनले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् ।
कार्यकारी निर्देशक कार्की पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ता रेडियो नेपालमा लिएपछि विवादमा तानिएका थिए । प्रधानमन्त्रीलाई भट्टराईलाई तथानाम गाली गरिएको भन्दै उनले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेर माफी समेत मागेका थिए ।
तर, अन्तत उनी राजीनामा बुझाउन बाध्य बनेका छन् ।
प्रतिक्रिया दिनुहोस