आज केही ठाउँमा चट्याङसहित पानी पर्ने

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ४४३ पटक पढिएको
आज केही ठाउँमा चट्याङसहित पानी पर्ने

चैत ८, काठमाण्डौ । आज दिउँसोपछि केहि ठाउँमा चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो। चट्याङसहित परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँको भनाइ छ ।

यस्तै नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अबको दुई तीन दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्दैन । बिहान मौसम सफा हुने र दिउँसोपछि हावाहुरी चलेर मेघगर्जनसहित पानी पर्नु प्रि-मनसुनको विशेषता हो । अहिले प्रि-मनसुन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस