असार १२, काठमाडौं । जिल्लाको रोशी गाँउपालिका वडा ५ नागबेलीमा गएराति गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तमाला लुटपाट गर्न आएको समू्हले गोली समेत चलाएको जनाएको छ ।
बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए । उनिहरु बुद्धचित्त मालाको बोट कुर्नेहरु रहेको र धुलिखेल अस्पतालमा उपचार भईरहेको एसपी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका नागबेलीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । उनिहरुको खोजिभैरहेको र थप प्रहरी परिचालन भईसकेको एसपी पौडेलले बताए ।
बिहीबार मध्यराती हतियारसहित आएको लुटेरा समूहले रोशी गाउँपालिका वडा ५ नागबेलीमा रहेको वीरबहादुर तामाङको घरमा जडान गरिएको सीसीटिभी क्यामेरा तोडेर ९० लाख बराबरको बुद्धचित्तमालाको दाना लुटेको प्रहरीको दाबी छ । घटना स्थलमा राती नै पुगेका इलाका प्रहरी कार्यलय मंगलटारको प्रहरी निरीक्षक टोली पुगिसकेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
लुटेरा समूहले टिपेर लगेको र बोटमा केहि मात्रमा बाँकी रहेको थप डिएसपी सहितको टोलि बाटोमा रहेको राति ५०,६० जनाको समूहमा आएको स्थानियहरुले बताएको प्रहरी जनाएको छ ।
हतियारसहित आएको लुटेरा समूहको अक्रमणबाट बुद्धचित्तको रुखको सुरक्षाको बसेको श्याम तामाङ, जितबहादुर लामा, शेखर लामा, जित बहादुर तामाङ र वाङचु लामा घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस