थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३००० नाघ्यो, मृतको संख्या २९ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ अषाढ १५, सोमबार मा प्रकाशित ७४० पटक पढिएको
थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३००० नाघ्यो, मृतको संख्या २९ पुग्यो

असार १५, काठमाडौं । नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट जिल्ला स्थायी घर भएका ३० वर्षिय पुरुषको ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो ।

विगत तीन महिना देखि फोक्सोमा समस्या देखिएपछि उनि अस्पतालमा उपचाररत रहेका थिए ।

उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

सोमबार नेपालमा थप चार सय ७६ जना नयाँ संक्रमित संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा एक सय १२ महिला र तीन सय ६४ पुरुष रहेका छन् । यो संगै नेपालमा जम्मा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ महिलासहित १०८ पुरुष गरि जम्मा २ सय २१ जना अस्पतालबाट डिस्चार्ज भएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

यो संगै अस्पतालबाट डिस्चार्ज हुनेको जम्मा संख्या तीन हजार १ सय ३४ पुगेको छ ।

२४ घण्टामा सात हजार ७ सय ९१ वटा पिसिआर र एक हजार ८ सय २२ आरडिटी परिक्षण गरिएको छ ।

५७ हजार तीन सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् भने दश हजार ८५ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस