सुनचाँदीको भाउ बढ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ९, आईतबार मा प्रकाशित ५८० पटक पढिएको
सुनचाँदीको भाउ बढ्यो

चैत ९, काठमाण्डौ । सुनको भाउ आज (आइतबार) तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस