थप २४६ जनामा कोरोना संक्रमण, काठमाडौं अाज ३१ थपिए

हालसम्म ५७ जनाकाे मृत्यु
नौलो समाचार संवाददाता
२०७७ श्रावण १८, आईतबार मा प्रकाशित ४६४ पटक पढिएको
थप २४६ जनामा कोरोना संक्रमण, काठमाडौं अाज ३१ थपिए

साउन १८, काठमाडौं। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५७ पुगेको हो ।

कोरोना भाइरस संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ४६ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकामा ३१ जना थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोनाबाट निको भएर घर फर्केका छन् ।

अहिलेसम्म निको भएर घर फर्किनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । यो संख्या ७१ दशमलव ८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । ५ हजार ३ सय ६२ जना आइसोलेसनमा रहेका छन् ।

१० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले गत साउन १४ गतेको निर्णय अनुसार नेपालमा कहीं पनि आरडीटी परीक्षणलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस