प्रचण्ड निवासका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ५४६ पटक पढिएको
प्रचण्ड निवासका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

साउन २२, काठमाडौं। नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ।

प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो, सचिवालयले भन्यो, उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।

प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको थियो।

प्रतिक्रिया दिनुहोस