भदाै १, काभ्रे। धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा काेराेना संक्रमण नरहेको पुष्टि भएको छ । दुईदिन अघि एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै उक्त अस्पतालका १ सय २० जना चिकित्सक तथा कर्मचारी एकान्तबास (क्वारेेेेन्टिन)मा बसेका थिए ।
सोमबार अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले प्रेस विज्ञप्ति मार्फत ४८ घण्टामा १९० जना चिकित्सक र कर्मचारीमा कोरोना भाइरस परीक्षण गरिएको र उनीहरुमा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सक र कर्मचारीहरुले सुरक्षाका अझ थप उपायहरु अवलम्बन गर्न आवश्यक रहेको पनि जनाइएको छ ।
राजधानी पूर्वका जिल्लाहरुका लागि धुलिखेल अस्पताललाई सरकारले कोभिड लेभल ३ को मान्यता दिएको छ । अस्पतालले कोरोना संक्रमितलाई छुट्टै भवनमा राख्दै आएकाे छ ।
अस्पतालकाे विज्ञप्ति पढ्नुुहाेस:
प्रतिक्रिया दिनुहोस