प्रेम अपनत्वको भाव हो । “प्रेम“ मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो । प्रेमलाई पनि अन्य (वा आफु) प्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रियाको रुपमा वर्णन गरिन्छ । प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहन अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ ।
प्रेम एक केमेस्ट्री हो । जैविक रुपमा यो एक न्युरोलोजिकल स्थिति हो । जस्तै, भोक या प्यास । तर, यसलाई हामी धेरै समयसम्म अनुभव गर्न सक्छौं । धेरैजसोले भन्ने गर्छन, प्रेम अन्धो हुन्छ । किनभने यसमा हाम्रो कन्ट्रोल हुँदैन् ।
प्रेमको कुनै रुप, रंग हुँदैन । र प्रेम एकनास हुँदैन । भनिन्छ, प्रेम थरीथरीका हुन्छन् । कुनै नवजवान युवायुवतीबीचको प्रेममा आ(आफ्नै उदेश्य र स्वार्थ जोडिएका हुन्छन् । आमा र बच्चाबीचको प्रेम भिन्न हुन्छ । साथी(साथीबीच हुने प्रेम भिन्न हुन्छ । तौर(तरिका पनि फरक हुन्छ । प्रेम व्यक्त गर्ने शैली फरक हुन्छ । यस्ता अनेक विविधता हुन्छ, प्रेममा ।
प्रेम ’सत्य’ हो । मानिसरूपी जिवनको मीठो भोगाइ हो प्रेम । तर, पनि प्रेम विभिन्न चरण र बाध्यमा परेका हुन्छन् । आमाले छोरालई गर्ने प्रेम, बुवा(छोरीको प्रेम, दाजुभाई, दिदीबहिनीको प्रेम, साथीसंगीको प्रेम र मानिस र जनावरको प्रेम। जतिपनि प्रेमलाई हामिले नियाल्ने कोशिस गरेमा हरेक कुरामा माया तथा आत्मियता भेट्छौ। त्यसैले प्रेम एक महान ’सत्य’ हो। तर, आजकाल जुन हिसाबले प्रेममा विकृति बढेको छ म फेरि सोच्न बाध्य हुन्छु आखिर के हो त यो प्रेम भन्ने चिज? आजकलको प्रेम होटल रिसोर्टको रुम भित्र भेटिन्छ, गजल बार, डिस्को र रात्रि क्लबमा भेटिन्छ, तर यथार्थमा यो प्रेम नभई आकर्षण मात्र हो जवानीको रसपान को लागि मात्र आजकलका मानिसहरु एकान्त स्थान खोजिरहेका हुन्छन । एकले अर्कालाई क्षणीक खुसि प्राप्त गर्न मात्र खोजिरहेको हुन्छन ।
केटाले केटीलाई र केटीले केटालाई गर्ने प्रेम निश्चल हुनु पर्छ, भावनात्मक हुनु पर्छ एक अर्कालाई बुझ्ने हुनु पर्छ, एकले अर्कालाई समय दिनु पर्छ । प्रेम दुःखदायी पनि हुन सक्छ । किनकी, प्रेम प्राप्त गर्नको लागि केही गुमाउनु पनि पर्छ । बदलामा केहि नपाइकन केहि गुमाउनुमा केहि कष्ट हुँदैन् भने यसको मतलव तपाईको उ प्रति सच्चा प्रेम हो । एकतर्फी प्रेमले गर्दा मानिसलाई बेचयन बढाउछ, छट्पटि बढाउछ, प्रेमीलाई डिप्रेसनमा लैजान्छ भने अन्तत धेरै प्रेमीहरुले आत्माहत्या समेत गरेका उदारणहरु प्रसस्त छन् तसर्थ कसैलाई झुटो आस्वासन दिएर स्वार्थ पुरा गर्न र शारीरिक आकर्षणको लागि मात्र प्रेम गर्नु भन्दा सुरुमानै दुवै प्रेमी प्रेमिकाले हरकुरा स्पष्ट बनाउदा कसैको जिबन बर्बाद हुन बाट जोगिन्छ भने जिबन सुखमय पनि हुन्छ । शारीरिक मिलन मात्र प्रेम होइन भने धन सम्पति संग र आफ्नो स्वार्थ संग सटिने प्रेमले गर्दा समाजमा माया प्रेम सम्बन्धि नकारात्मक सोच पैदा हुदै गएको छ । बिस्वासको धरातल माथि उभिएर गरिने प्रेम माथि घृणा पैदा हुदै गएको छ । प्रेम, एक अनुभूति हो, तसर्थ माया प्रेमलाई ब्यापार नबनाउ अरुको भावना संग खेल्न बन्द गरौ ।
’’मेरो हुदिनौ भने अर्काको पनि हुन दिन्न ।’’ यहि मानसिकताका उपज हुन् पछिल्ला एसिड आक्रमणका घटना । जब मानिस एकतर्फी मायामा डुब्न थाल्छ,कोहीबिना बाँच्नै नसक्ने कल्पना गर्न थाल्छ तब उसले यस्ता कार्य गरेको हुन्छ । अम्ल फ्याक्नु वा अम्ल आक्रमण कुनै मानिसलाई मार्ने, कुरूप बनाउने वा अङ्गभङ्ग गर्ने उद्देश्यले उसको शरीरमा एसिड(अम्ल) फालेर गर्ने एक प्रकारको हिंसा वा अपराध हो । अम्ल फ्याँक्दा विशेषत मानिसको अनुहारमा फ्याल्ने गरेका घटना बढी पाइन्छ ।
अहिले गाउ देखि शहरको गल्लि गल्लि सम्म देखिने माया प्रेमले प्रेमको परिभाषालाई समेत फरक बनाएको छ भने अहिलेको समाजलाई चुनौती समेत दिएको छ । पछिल्लो समयमा आफ्नो स्वार्थको लागीमात्रै माया गर्ने गरेका छन् । अर्थात एकतर्फी मायाले गर्दा झनै हाम्रो समाजमा विकृति फैलिएको छ । तिनै एकतर्फी मायाका उपज हुन् पछिल्लो समयका एसिड आक्रमणका घटनाहरु । एक पागल प्रमीको एकतफर्मी प्रेमका कारण एक किशोरीले आफ्नो ज्यान गुमाउनुपरेको छ । घटना यति भयानक छ कि सुन्ने र देख्नेहरूको जीउ नै सिरिंग हुन्छ ।
ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई यहि साउन ८ गते तेजाब (एसिड) हानेर भागेका हुन्, रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमद । एसिड हान्नुअघि मुन्नाले युवतीलाई ३७ पटक मिसकल गरेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ । साउन ८ गते बिहीबार राति पौने ९ बजेतिर दही किन्न निस्केकी युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए । तेजाब मुन्नाले छ्यापेका थिए । मोहमदले मुन्नालाई युवतीको घर नजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए । युवतीले उनीहरुसँग चिनजान भए पनि आफूले दाजुको रुपमा हेर्ने गरेको बताएकी छिन् । साहुको निर्देशन अनुसार मुन्ना बाफलको रोडमा रहेको मकैबारीमा लुकेर बसे । मकैबारी नजिकै युवती बस्थिन् । आलमले भनेको युवती आएको देखेपछि उनले एसिड फ्याके । उनी चिच्याउन थालिन् । आलम नजिकै बसेर सो घटना नियालिरहेका थिए । एसिड फ्याकेपछि उनले मुन्नालाई लिएर कारखानामा गए । आलम ती युवतीलाई मन पराउँथे, तर भन्न सक्दैनथे । अर्थात आलम ती युवतीसँग एकतर्फी प्रेममा थिए । यहीबीचमा युवतीले अर्को केटालाई मन पराएपछि आलमले एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबाट पनि के प्रष्ट हुन्छ भने यो घटना पनि एकतर्फी मयााकै उपज हो । यो त प्रतिनिधि उदाहरण मात्रै हुन् । यस्ता धेरै घटना घटेका छन् र धेरै महिलाहरु पीडित भएका छन् । एसिड आक्रमण पछि उनिहरुमा अझ बढि चिन्ता बढ्ने गरेको छ।
एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ भन्ने कुरा बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । सम्भवतःत्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन ।
केटाले केटीलाई र केटीले केटालाई गर्ने प्रेम निश्चल हुनुपर्छ, निस्वार्थ हुनुपर्छ । जुन प्रेम स्वार्थसंग जोडिएको हुन्छ,त्यो प्रेम कहिल्यै सफल हुदैन र यस ठूला साना घटना निम्तिन्छन् । र यसको सिकार धेरै मात्रामा महिला नै हुने गरेका छन् । यसको अर्थ यो होइन कि यस्ता घटनामा महिलामात्र पीडित हुन्छन् र पुरुष पीडक हुन्छन् । नेपालमा यस्ता घटना पनि छन्, जहाँ पुरुष पीडित र महिला पीडक । ’’मेरो हुदिनौ भने अर्काको पनि हुन दिन्न” भन्ने घटिया सोँचले गर्दा यस्ता घटनाहरु बढ्दोक्रममा रहेको छ ।
कतिले त नेपालको कानुन फितलो वा कार्यान्वयनमा ल्याउन नसक्दा पनि यस्ता घटना बढेको भनिरहेका छन्,त कसैले न्याय मरेको देश समेत भन्ने गरेका छन् ।
“त्यसैले प्रेम निस्वार्थ गरौ, बुझेर गरौ, एकतर्फी प्रेममा पागल भएर जिबन बर्बाद नगरौ, कसैको सुन्दर जिबन संग खेलबाड नगरौ, प्रेम सम्झौतामा नगरौ ।”
प्रतिक्रिया दिनुहोस