भदौ ६, काभ्रे। काभ्रेमा अाज (शनिबार) एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई अस्पतालमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाज बनेपा नगरपालिका–१३, भैंसेपाटीस्थित स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा २३ जना र धुलिखेल अस्पतालमा १२ गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म धुलिखेल अस्पतालका १४ जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण पुष्टि भइसकेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा केही स्वास्थ्यकर्मी, वार्ड ब्वाई, सुरक्षाकर्मी र चमेना गृहका कर्मचारी छन् ।
यस्तै,स्पाइनल इञ्जुरी पुनस्थार्पना केन्द्रका १३ स्वास्थ्यकर्मी र कर्मचारी र १० जना बिरामीमा संक्रमण पुष्टि भएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरीका ५९ मध्ये २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ३९ पुगेको छ । यो अवधिमा २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ भने ४३ जना निको भएर घर फर्किसकेका छन् । ५९ जना विभिन्न अस्पताल र होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस