असोज २१, काभ्रे। काभ्रेमा आज एकैदिन ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको वितरण अनुसार एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १२ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ७ जना पुरुष र ७ जना महिला रहेका छन् । पनौती नगरपालिकाका २ जना पुरुष र २ महिला, पाँचखाल नगरपालिका ३ जना पुरुष र १ महिला छन् । त्यस्तै रोशीगाउँपालिकाका ३ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका ३ जना पुरुष रहेका छन् ।
काभ्रेमा आज ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कोरोना भाइरस जित्नेको संख्या ५३२ पुगेको छ । निको हुनेमा ३४९ जना पुरुष र १८३ जना महिला रहेका छन् ।
काभ्रेमा कोरोना संक्रमितको संख्या ८७४ पुगेको छ । ८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस