कात्तिक १९, काठमाडौँ। निमोनिया जीवाणु संक्रमण भाइरसका कारण फैलिने गर्छ । यो एकप्रकारको गम्भीर रोग भएकाले यसबाट हरेक वर्ष लाखौँ मानिस मुत्युको मुखमा पुग्ने गर्छन् । निमोनिया एक संक्रामक रोग हो ।
खोक्दा, हाच्छ्युँ गर्दा, वा श्वासप्रश्वासको ओहोर–दोहोरबाट यो रोग एकबाट अर्काेमा फैलिने गर्छ । धेरै व्यक्तिमा निमोनियाको लक्षण देखिने गर्दैन, तर ती मानिसले निमोनिया फैलाउन सक्छन् । त्यसकारण पनि यसको लक्षणबारे जानकारी लिन आवश्यक छ ।
निमोनियाको लक्षण
निमोनिया एक घातक रोग हो । यसको उपचारको लागि घरमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । तर, धेरै अवस्थाका अस्पताल भर्ना हुन आवश्यक पनि हुन्छ । स्वस्थ जीवनशैली अपनाएर निमोनियाको जोखिमलाई घटाउन सकिन्छ ।
बेसार वा अदुवाको चियाको पिउनुहोस्
निमोनिया रोगका लागि बेसार वा अदुवाको चिया खानाले छातीको दुखाइ वा टाउको दुखाइको समस्यामा राहत आउँछ । पकाएको बेसार वा अदुवाको छेक्रा खाँदा स्वास्थ्यका लागि धेरै फाइदा गर्छ ।
मरिचको चिया पिउनुहोस्
छाती दुखाइमा मरिचको चियाले भित्रसम्म पुगेर काम दिने गर्छ । मरिचको तातो चिया पिउनाले घाँटीमा हुने खसखसाहटको समस्या हल हुन्छ ।
कफी पिउनुहोस्
तातो कफी पिउनाले निमोनियाको कारण हुने श्वासप्रश्वासको समस्यालाई कम गर्ने गर्छ । कफीमा पाइने क्याफिन फेफडोले भित्री भागसम्म पुगेर श्वास फेर्न सजिलो हुन्छ ।
महको सेवन गर्नुहोस्
महमा एन्टिब्याक्टेरियल, एन्टिफइंग र एन्टिओक्सिन्टजस्ता विशेषता रहेका हुन्छन् । जसले निमोनियाबाट हुने कफलाई कम गर्छ । गिलासको एक चौथाई पानीमा १ चम्चा मह पानी मिलाएर हरेक दिन पिउनाले निमोनियाबाट छुटकारा पाउन सकिन्छ ।
तातो सुप पिउनुहोस्
सुप मौसमी सब्जीहरूबाट बनेको हुन्छ । सुप पोषक तत्वको एक स्रोत हो, जसले संक्रमणसँग लड्नका लागि आवश्यक शक्ति प्रदान गर्दछ । तातो सुपले शरीरलाई न्यायो प्रदान गर्दछ ।
प्रतिक्रिया दिनुहोस