माघ २६, काभ्रे। जिल्लाको पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने भएको छ । यस चालु आर्थिक वर्ष २०७७/७८ को संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्र्तगर्त बहुउद्देशीय नर्सरी स्थापना गर्न लागीएको नरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।
उक्त कर्यक्रममा लागी राष्ट्रिय फलफुल बिकास कार्यक्रम सशर्त अनुदान नेपाल सरकारबाट दुई लाख रुपैंया प्राप्त भएको छ । नर्सरी स्थापना गर्न चाहाने ईच्छुक फर्म,कम्पनी वा ब्यक्तीले ५० प्रतिशत लागत साझेदारी गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।
साथै १५ दिन भित्र आवश्यक कागजात सहित पालिकाको कृषि तथा सहकारी शाखामा निवेदन पेश गर्न नगरबासीमा नगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस