चैत २, काभ्रे । काभ्रेको पनौती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी नगरबासीलाई अग्रह गरेको छ । नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को लागी न्युनतम रोजगारीमा संलग्न हुन नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
ईछुक बेरोजगार व्यक्तिहरुले सार्वजनिक बिकास निर्माणका काममा सहभागी हुनु पर्ने बताईएको छ ।
रोजारमा संलग्न हुन ईछुक बेरोजगार व्यक्तिहरुले यही चैत २० गतेसम्म आफ्नो स्थायी बसोबास गरेको स्थानीय तहको संम्बन्धीत वडा कार्यालयमा गई बेरोजगार व्यक्तिहरुको सुचिमा सुचिकृत हुनुपर्ने छ ।
यस अघि सुचिकृत भएकाहरुले भने पुनः फारम भर्नु नपर्ने तर काम गर्न ईच्छुक भए-नभएको कुरा संम्बन्धीत वडामा जनाकारी गराउनु पर्ने बताईएको छ । वडा कार्यलयमा परेको निवेदनहरु मध्ये मापदण्ड अनुसार प्राथमिकता तोकेर वास्तविक बेरोजगार व्यक्तिहरुको छनौट गरिने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस नगरपालिकाको सूचना
प्रतिक्रिया दिनुहोस