कोरोनाले विश्वमा मर्ने ४७ हजार नाघ्यो, अमेरिकामा एक दिनमा ८८४ को मृत्यु

नौलो समाचार संवाददाता
२०७६ चैत्र २०, बिहिबार मा प्रकाशित १२६३ पटक पढिएको
कोरोनाले विश्वमा मर्ने ४७ हजार नाघ्यो, अमेरिकामा एक दिनमा ८८४ को मृत्यु

चैत्र २० , एजेन्सी । कोरोना भाइरसको केन्द्र बनेको अमेरिकामा एक दिनमै उक्त संक्रमणबाट ८ सय ८४ को मृत्यु भएको छ । यसले यस देशमा मर्नेको कुल संख्या बढेर ४ हजार ४ सय ७५ पुगेको छ ।

अमेरिकामा २ लाख १५ हजार १ सय ७५ कोरोना भाइरसबाट संक्रमित छन् भने विश्वमा यो संख्या ९ लाख ३४ हजार पुगेको छ । हाल सम्म विश्वमा यस संक्रमणबाट मर्नेको आंकडा ४७ हजार २ सय ४५ पुगेको छ ।

जोन हप्किंन्स युनिभर्सिटीका अनुसार विगत २४ घन्टामा अमेरिकामा ८ सय ८४ को कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको र यो एक दिनमा मर्नेको संख्यामा अहिलेसम्म कै सबैभन्दा धरै हो । यसबीच अमेरिकामा पनि भाइरस संक्रमणको केन्द्र बनेको न्युयोर्क सहरमा मर्नेको आंकडा १ हजार ३ नाघेको छ ।

यस महासंकटमा अमेरिकाका अस्पतालमा मास्क र अन्य चिकित्सकिय सामानहरुको अत्यन्त अभाव भइरहेको छ ।

अमेरिकामा यो विश्व महामारी बनेको कारोना संक्रमणले २ लाख ४० हजार सम्मको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । यद्यपी ट्र्म्पले देशमा कुनै प्रकारको लकडाउन गर्न अस्विकार गर्दै आइरहेको छ ।

यसबीच कोरोना भाइरस संक्रमणबाट सबैभन्दा तान्डव मच्चाइरहेको युरोपको इटालीमा मर्नेको संख्या १३ हजार १ सय ५५ पुगेको छ । त्यसपछि सबैभन्दा प्रभावित स्पेनमा मर्नेको आंकडा ९ हजार ३ सय ८७ पुगेको छ । इटालीमा संक्रमित संख्या १ लाख १० हजार ५ सय ७४ पुगिसकेको छ भने स्पेनमा पनि यो आंकडाले १ लाख पार गरिसकेको छ ।

फ्रान्समा पनि मर्नेको संख्या ४ हजार नाघिसकेको छ भने यहाँ संक्रमित संख्या ५६ हजार ९ सय ८९ पुगेको छ । त्यसैगरी बेलायतमा संक्रमित २९ हजार ४ सय ७४ मा २ हजार ३ सय ५२ को मृत्यु भइसकेको छ । जर्मनीमा मर्नेको संख्या ९ सय ३१ र संक्रमित संख्या ७७ हजार ९ सय ८१ पुगेको छ

प्रतिक्रिया दिनुहोस