दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

नौलो समाचार संवाददाता
२०७८ बैशाख १६, बिहिबार मा प्रकाशित १४४९ पटक पढिएको
दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

बैशाख १६, काठमाडौं । स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याएको अवस्थामा मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाइएको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । बहुमत पु¥याउने प्रयासमा मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद मनाङेलाई मन्त्री बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस